सोमबार, वैशाख १५, २०८२

नेपाल एसबिआई बैंकद्धारा दोलखामा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन

नेपालखोज २०८१ पुष २५ गते १२:१७

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-९ स्थित सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । 

कार्यक्रममा बैंकका  प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार दले सुर्के माध्यमिक विद्यालय भण्डारे समितिका अध्यक्ष र प्रधानाध्यापकलाई औपचारिक रूपमा उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपान अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षक समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया