अध्यक्ष दाहाल, माधव र राजेन्द्रबिच भेटवार्ता

नेपालखोज २०८१ पुष २६ गते १६:४२

काठमाडौं । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षको भेटवार्ता भएको छ ।

बिहीबार सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएकाे हाे ।

उनीहरूबिच विकसित राजनीतिक घटनाक्रमसहित विपक्षी मोर्चालाई सशक्त बनाउने विषयमा छलफल भएको बुझिएको छ ।

बिहीबार मात्र अध्यक्ष दाहाल र नेपालबिच भेटवार्ता भएको थियो ।

दाहालले ओली नेतृत्वको सरकार आफै ढल्ने बताउँदै आएका बेला विपक्षी दलका नेताबिच बारम्बार भइरहेको भेटवार्ता र छलफललाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया