प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट
नेपालखोज
२०८१ पुष २७ गते ११:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे ।
एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिएका सबै पुर्खाको स्मरण गर्दै उनिहरूप्रति सम्मान व्यक्त गरे ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भने, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खामा उच्च सम्मान व्यक्त गर्दछु ।’
सम्बन्धित

प्रतिक्रिया