बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

नेपालखोज २०८१ पुष २८ गते १६:१२

काठमाडाैं । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका-७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

प्रतिक्रिया