मंगलबार, वैशाख ३०, २०८२

एसईई परीक्षा आगामी चैत ७ गतेदेखि १९ गतेसम्म

नेपालखोज २०८१ माघ १ गते ९:०२

काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । 

एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ ।  परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतस् वेदविद्याश्रमतर्फ(अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ(अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी र तेस्रो अनिवार्य गणितको परिक्षा हुने छ ।

प्रतिक्रिया