पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव : कस्ताे रहला आज माैसम ?
नेपालखोज
२०८१ माघ २ गते ७:२५

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
विभागले सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा वर्षा हुने सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने विभागको भनाइ छ
सम्बन्धित

प्रतिक्रिया