ग्लोबल आइएमई लघुवित्तको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा आज पौष २९ गते सोमबार पोखरामा सम्पन्न भएको छ ।
साधारण सभा पोखरा लेकसाईड स्थित वेस्ट रिर्सोट नेपाल प्रा.ली को सभा हलमा भएको थियो । सोमबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाका कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थियो भने उपस्थित सम्पुर्णलाई सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
कार्यक्रममा सेयर धनीबाट उठेका जिज्ञासा एवं सुझावको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले यस विषम परिस्थितिमा पनि वित्तीय संस्थाका सूचकांक अब्बल रहेको र आगामी दिनमा आफ्ना शेयर धनी एवं ग्राहक सदस्यको सर्वोपरि हित हुने गरी कार्य गरिने बताए ।
राष्ट्रिय स्तर कार्यक्षेत्र भएको संस्थाले देशका ५४ जिल्लामा १२१ शाखा कार्यालयमार्फत एक लाख ५२ हजार भन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै करिब ९ अर्ब ६५ करोड कर्जा लगानी गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।
प्रतिक्रिया