रवि लामिछानेको तर्फबाट दुई वकिलको बहस सकियो, आजै आदेश आउने
नेपालखोज
२०८१ माघ २ गते १५:३९

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट थुनछेक बहस सकिएको छ ।
आज (बुधबार) रविको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस गरेका थिए । अहिले खाजा समयपश्चात थप दुई वकिलको बहस भएको छ । उनीहरु सबैले रविलाई साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।
अहिले सरकारी वकिलले फेरि जवाफी बहस सुरु गरेका छन् । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो ।
सम्बन्धित

प्रतिक्रिया