संघीय संसद् अन्तर्गत आज दुई समितिको बैठक बस्दै
नेपालखोज
२०८१ माघ ३ गते ६:४९

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुई समितिको बैठक बस्दै छ । दुईवटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसै अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे सुरु हुने समितिले जनाएको छ । बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको भावी कार्यदिशाबारे छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया