जलवायुको बहुपक्षीय कोषमा पहुँच पुर्याउन पहल गरिने छ : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुको बहुपक्षीय कोषमा पहुँच पुर्याउन पहल गरिने बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशा’ बारेमा छलफल गर्दै मन्त्री ठकुरीले अन्तर्राष्ट्रिय जलवायु कोषबाट जलवायु बित्तमा पहुँच स्थापित गर्न पहल जारी रहने बताए ।
कोप-२९ मा हिमालका मुद्दालाई प्राथमिकता दिए पनि सोचे अनुरुपको उपलब्धी आउन नसकेको उल्लेख गर्दै उनले आगामी दिनमा निरन्तर रुपमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठान गरिने प्रतिबद्धता जनाए ।
‘कोप-२९ मा हाम्रो सहभागिता उपलब्धिमूलक रह्यो, अझै आगामी दिनमा अर्थपूर्ण बनाउन थप गृहकार्य गर्ने छौँ,’ उनले भने, ‘स्थायी प्रकृतिको वार्ता टोली गठन गरी प्रशिक्षणको व्यवस्था गरेर आगामी ३०औँ कोपलाई थप उपलब्धिमूलक बनाउँछौँ ।’

प्रतिक्रिया