मंगलबार, असार १०, २०८२

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

नेपालखोज २०८१ माघ ४ गते ८:४०

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो ९भारतीय० प्रतिकेजी ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकेजी ३० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकेजी ३५ रुपैयाँ, आलु रातो प्रतिकेजी ४७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकेजी ६५ रुपैयाँ, गाजर (लोकल) प्रतिकेजी ८० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।

साथै बन्दा (लोकल) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी २० रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी २० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ३० रुपैयाँ, काउली (तराई) प्रतिकेजी २० रुपैयाँ, मूला रातो प्रतिकेजी ३५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ३० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी ७० रुपैयाँ, मटरकोसा प्रतिकेजी ८० रुपैयाँ, सलगम प्रतिकेजी १०० रुपैयाँ, भिण्डी प्रतिकेजी १०० रुपैयाँ, सखरखण्ड प्रतिकेजी ८० रुपैयाँ, बरेला प्रतिकेजी ४० रुपैयाँ, पिँडालु प्रतिकेजी १०० रुपैयाँ, स्कूस प्रतिकेजी ४५ रुपैयाँ, रायो साग प्रतिकेजी २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ७०, चमसुरको साग ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ४० रुपैयाँ, मेथीको साग प्रतिकेजी ७० रुपैयाँ, प्याज हरियो प्रतिकेजी ६० रुपैयाँ, बकुला प्रतिकेजी ८० रुपैयाँ, तरुल प्रतिकेजी १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४० रुपैयाँ, चुकुन्दर प्रतिकेजी ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, जिरीको साग प्रतिकेजी ७० रुपैयाँ, ग्याठ कोबी प्रतिकेजी ९० रुपैयाँ, सेलरी प्रतिकेजी ४०० रुपैयाँ, पार्सले प्रतिकेजी ८०० रुपैयाँ, सौफको साग प्रतिकेजी ८० रुपैयाँ, पुदिना प्रतिकेजी ४०० रुपैयाँ, गान्टे मूला प्रतिकेजी ८० रुपैयाँ, इमली प्रतिकेजी १६० रुपैयाँ, तामा प्रतिकेजी १०० रुपैयाँ, तोफु प्रतिकेजी १२० रुपैयाँ, गुन्द्रुक प्रतिकेजी ३०० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया