रुखले च्यापेर एक जनाको मृत्यु, एक घाइते
नेपालखोज
२०८१ माघ ५ गते १३:३९

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले च्यापेर शुक्रबार आठबिसकोट-१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए । शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
उनले सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
छ कुसारी र शाही विद्युतीय रुख काट्ने उपकरण ९आरा मेसिन० प्रयोग गरेर घरमा प्रयोग हुने दार बनाउन जङ्गल गएका थिए ।
सम्बन्धित

प्रतिक्रिया