शनिबार, माघ २६, २०८१

यु-१९ महिला विश्वकप : नेपालले दियो बंगलादेशलाई ५३ रनको लक्ष्य

नेपालखोज २०८१ माघ ५ गते १४:१४

काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको छ । मलेसियामा जारी आफ्नो पहिलो खेलमा शनिबार नेपालको ब्याटिङ नचल्दा नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको हो ।

Advertisement

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८।२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफलमात्रै तयार पार्न सकेको हो ।

नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसके पछि बंगलादेशले झिनो लक्ष्य पाएको हो ।

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए ।

प्रतिक्रिया