अधिकार प्राप्तिका लागि दल एकताबद्ध हुनुपर्ने

नेपालखोज २०८१ माघ ५ गते १६:०८

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

बलिदानी दिवसका अवसरमा लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गरेपछि उनले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताए । उनले मधेस केन्द्रित दल टुट्न नहुने बताए ।

महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता समेत औंल्याए । उनका अनुसार मधेस मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया