सहकारी ठगी प्रकरण : ४ करोडभन्दा बढी विगो दाबीसहित रुपन्देहीमा रविविरुद्धको मुद्दा दायर

नेपालखोज २०८१ माघ ६ गते १४:२०

काठमाडाैं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

संगठित रूपमा ठगीको कसुरमा मुद्दा दायर गर्न लागिएको हो । उक्त मुद्दामा २२ जना प्रतिवादी बनाइएको छ ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धान प्रतिवेदनको निचोड छ ।

त्योमध्ये १४ करोड रूपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।

प्रतिक्रिया