१२ अंकले बढ्यो नेप्से, ६ अर्ब २५ करोडको किनबेच

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से १२.५८ अंकले बढेको छ । आज नेप्से १२.५८ अंकले बढेर २ हजार ६०१.२१ बिन्दुमा रोकिएको हो ।
आज ३२५ वटा कम्पनीको ७२ हजार ५४० पटकको कारोबारमा एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयर खरिद-बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ समूहको शेयर कारोबार हुँदा तीन समूहले गुमाएका छन् भने बाँकी समूहले कमाएका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक २.३७ अंकले बढेर १ हजार ३४८.९१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सूचक १४.८२ अंकले बढेर तीन हजार ६८४.६० अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक ११५.२४ अंकले बढेर १२ हजार ६८८.३६ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक ७९.३० अंकले बढेर १२ हजार ५०३.३३ अंकमा चढेको छ । विकास बैंक, फाइनानस, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक बढेका छन. । होटेल तथा पर्यटन, सामुहिक लगानी कोष र व्यापार समूहको सूचक भने घटेका छन् ।
नेप्सेमा आज बोर्टलस नेपाल बालाजु लिमिटेडले सबैभन्दा बढी कमाउँदा सुपरमादी हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया