राष्ट्रपति पौडेलद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
नेपालखोज
२०८१ माघ ८ गते ११:३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदको अधिवेशन आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित

प्रतिक्रिया