आइतबार, वैशाख १४, २०८२

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा बिशेष छुट

नेपालखोज २०८१ माघ ८ गते १२:१२

काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र बुद्ध एयरबीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकलाई हवाइ टिकटमा आठ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको छुट प्राप्त गर्न बैंकको डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया