सन नेपाल लाइफद्वारा मलेशियामा बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मलेशियामा बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा आयोजित ‘नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मलेसिया को क्वाला लम्पुरमा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिमसिना रहेका थिए । साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारे ।
कम्पनीले अप्रवासी नेपालीका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जानकारी दिएको छ । कम्पनीले हाल १३९ शाखा तथा उपशाखा कार्यालय तथा ३२ हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको छ ।
प्रतिक्रिया