राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालखोज २०८१ माघ १० गते ८:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।

आजकाे बैठक कार्य समितिको बैठकका एजेण्डाका बारेमा छलफल गर्न बस्न लागेको हो । केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते बस्दै छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारीलगायत एजेण्डामा छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया