रूपन्देहीमा आज रवि लामिछानेविरुद्धको थुनछेक बहस

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानको आज थुनछेक बहस हुने भएको छ ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा लामिछानको आज थुनछेक बहस हुने भएको हाे । बुधबार न्यायाधीश प्रह्रादकुमार योगीले लामिछानेको बयान लिएका थिए ।
बहसपछि रविलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश गर्नेछ ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा गएको आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो । सहकारी ठगीमा जाहेरी परेपछि अनुसन्धानको सिलसिलामा लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
लामिछानेसहित २२ जनाविरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ । यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)लाई पनि विपक्षी बनाइएको छ ।

प्रतिक्रिया