सोमबार, माघ २८, २०८१

अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता

नेपालखोज २०८१ माघ ११ गते १४:०७

काठमाडाैं । अस्ट्रेलियाका प्रधानमन्त्रीले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका छन् ।

Advertisement

नेसनल प्रेस क्लबमा सन् २०२५ को पहिलो प्रमुख सम्बोधनमा चुनावी नीतिको घोषणा गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीसले शुक्रबार प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गरेका हुन् । यसले अस्ट्रेलियामा ’ट्राडिज’ भनेर चिनिने अर्को पुस्ताका दक्ष कामदारलाई सहयोग गर्ने र निर्माण कार्यबललाई प्रोत्साहन गर्ने बएका थिए ।

प्रोत्साहनका लागि ६२ करोड ६० लाख ९० हजार अष्ट्रेलियन डलर (करिब ३९ करोड ९० लाख ४० हजार अमेरिकी डलर) छुट्टाइएको छ । यस नीति अन्तर्गत आवासीय निर्माणमा काम गर्ने दक्ष श्रमिकले उनीहरूको प्रशिक्षणको क्रममा पाँच किस्तामा १० हजार अष्ट्रेलियन डलर (छ हजार ३०८ अमेरिकी डलर) प्राप्त गर्नेछन् ।

अल्बानीसले भने, ‘हामी नयाँ पुस्ताका दक्ष कामदार (ट्राडीज) पहिचान गर्नेछैँ, हामीलाई आवश्यक नयाँ घर निर्माण गर्न हामीले भरोसा गरिरहेका व्यक्ति आर्थिक दबाबमा छन्।’

उनले भने, ‘धेरैले आर्थिक अभावका कारण प्रशिक्षण छोड्छन् हाम्रो सरकार धेरै भन्दा धेरै अष्ट्रेलियालीलाई उपकरण प्राप्त गर्न र निर्माणमा रहन प्रोत्साहित गर्न चाहन्छ।’

अल्बानीसको लेबर पाटीको नेतृत्वमा रहेको सरकारले सन् २०२३ मा अस्ट्रेलियामा सन् २०२९ सम्मको पाँच वर्षको अवधिमा १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य राखेको थियो ।

उद्योग सङ्गठन मास्टर बिल्डर्स एशोसिएशनले बुधबार दिएको जानकारीअनुसार सन् २०२४ को सेप्टेम्बरसम्मको १२ महिनाको अवधिमा एक लाख ६५ हजार नयाँ घरको निर्माण सुरु भएको छ ।

एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत डेनिटा वावनका अनुसार हालको गतिमा पाँच वर्षको अवधिमा आठ लाख २५ हजार नयाँ घर निर्माण हुनेछन् ।

अल्बानीजको सरकारद्वारा स्थापित उद्योग नेताको एक सल्लाहकार समूहका अनुसार १२ लाख नयाँ घर निर्माणको लक्ष्य पूरा गर्न थप ९० हजार आवास निर्माण श्रमिकको आवश्यकता पर्दछ ।

प्रतिक्रिया