रवि लामिछानेको तर्फबाट वकिलले थाले बहस
नेपालखोज
२०८१ माघ ११ गते १४:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।
आज जाहेरवालाका तर्फबाट वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट वकिलले बहस सुरू गरेका हुन् । प्रतिवादीका तर्फबाट अधिवक्ता सुशिल पन्तले बहस गरीरहेका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रवि गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।
बुधबार रविको बयान सकिएको थियो । बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार सरकारी वकिलले बहस गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया