अध्यक्षले प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनबारे छलफल हुने

नेपालखोज २०८१ माघ १२ गते ८:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीमा सुरु भएको बैठक आज पनि जारी रहने छ ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ । बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ ।

बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ । यस्तै, अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया