आज काठमाडौंका यी स्थानमा हुनेछ विद्युत अवरुद्ध

काठमाडौं । आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै जोरपाटी वितरण केन्द्र, बुढानीलकण्ठ वितरण केन्द्र, महाराजगन्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा एक घण्टादेखि आठ घण्टासम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।
जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्यालगाउँ, ग्रीनहिल सिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
यस्तै, बुढानीलकण्ठ वितरण केन्द्रको टोखा फिडर र शिवपुरी फिडर अन्तर्गतका स्थानहरूमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
टोखा फिडर अन्तर्गतका हात्तिगौडा, बालुवा डीपो, खत्री गाउँ हुँदै विष्णुमती वारिपारी टोखा (वडा न स् १, २ र ३ सबै क्षेत्र), भुतखेल, टोखा बजार, चण्डेश्वरी, पन्चेटार, झोर, साङ्ला तथा भत्केको पुलसम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।
शिवपुरी फिडर अन्तर्गत पर्ने डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार एरियामा साँझसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, महाराजगन्ज वितरण केन्द्रको बसुन्धारा फिडर अन्तर्गतका बासबारी, चक्रपथ, सामाखुशी, टोखा रोड, ग्रान्डी अस्पताल क्षेत्रमा बिहान ९ देखि १० बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया