माैसम विभाग भन्छ- शीतलहरका कारण दैनिक जीवनमा असर गर्छ, आवश्यक सतर्कता अपनाउनू

नेपालखोज २०८१ माघ १३ गते ६:४९

काठमाडाैं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

हाल कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले उल्लेख गरेकाे छ ।

मधेस प्रदेशको पश्चिमी भू–भाग तथा बाँकी प्रदेशहरूका तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको विभागले जनाएकाे छ ।

विभागले तराईका भू–भागमा हुने हुस्सु–कुहिरो–शीतलहर निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप विशेष बुलेटिन समेत जारी गर्ने जनाएको छ ।
 
शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया