रास्वपाले बोलायो सचिवालय बैठक

नेपालखोज २०८१ माघ १३ गते १०:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी सचिवालय बैठक बोलाएको हाे ।

बैठकमा सात विषय छलफल हुनेछ कार्यबहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।

समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावली र नयाँ नियमावली प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।

बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको रावलको भनाइ छ ।

प्रतिक्रिया