नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको घण्टाघर शाखा काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण
नेपालखोज
२०८१ माघ १३ गते १६:४७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।
बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका-२८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन । याे शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने उनले बताए । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
हाल बैंकको २८३ शाखा कार्यालय, ६५ एक्सटेन्सन काउन्टर, ६६ शाखा रहित बैंकिङ र २६६ एटीएम रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया