आइतबार, वैशाख १४, २०८२

सिन्धु विकास बैंकद्धारा वित्तीय साक्षरता प्रदान

नेपालखोज २०८१ माघ १३ गते १६:१२

काठमाडौं । सिन्धु विकास बैंकले वित्तीय साक्षरता प्रदान गरेको छ ।

बनेपाको काभ्रेमा कर्पोरेट कार्यालय रहेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी वार्षिक कार्ययोजना अन्तर्गत शाखा कार्यालय हेटौँडाको आयोजनामा यही माघ नौं गते हेटौडा उपमहानगरपालिका ८ कमानेमा अवस्थित चन्द्रोदय माध्यामिक विद्यालयमा र शाखा कार्यालय पालुङ्गको आयोजनामा यही माघ १० गते थाहा न.पा. ३ घट्टेचौर अवस्थित श्री जनकल्याण माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना हो ।

बैंकका अनुसार चन्द्रोदय माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ८० विद्यार्थीको उपस्थिति रहेको थियो भने जनकल्याण माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ६५ विद्यार्थीको उपस्थिति रहेको थियो ।

बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया