तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित
नेपालखोज
२०८१ माघ १४ गते ७:४५

काठमाडौं । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
विभागले अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।
त्यस्तै आज दिउँसो भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया