रास्वपाको सचिवालय बैठक आज बस्दै, यस्ताे छ एजेन्डा

नेपालखोज २०८१ माघ १४ गते ८:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । आजकाे बैठकमा बैठकमा सात विषय छलफल हुनेछ कार्यबहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

जसमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको छ ।

प्रतिक्रिया