कांग्रेसकाे संसदीय दलको बैठक आज पनि
नेपालखोज
२०८१ माघ १४ गते ८:५२

काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज पनि बस्दै छ । आइतबार दिउँसोबाट सुरु भएको बैठक आज पनि सिंहदरबारमा बस्न लागेकाे हाे ।
बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।
बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल गरिरहेको छ ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा पनि छलफल गरेको थियो । यही माघ १८ गतेदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।
सम्बन्धित

प्रतिक्रिया