शहिद दिवसको अवसरमा शहिदगेट र लैनचौरमा माल्यार्पण गर्न
नेपालखोज
२०८१ माघ १५ गते १४:५६

काठमाडौं । मन्त्रिपरिषद् बैठकले माघ १६ गते शहिद दिवसको अवसरमा राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
शहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए । शहीदलाई माल्यार्पण सकेपछि भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा कार्यक्रम आयोजना गरिने पनि उनले जानकारी दिए ।
त्यस्तै बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेस गरेर फास्ट ट्र्याकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय गरेको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया