आइतबार, वैशाख १४, २०८२

तोलामा १४०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखोज २०८१ माघ १६ गते ११:३२

काठमाडौं । सुनको मूल्य बुधबार तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो ।

अघिल्लो छापावाल सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया