‘सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्’

नेपालखोज २०८१ माघ १७ गते १०:०९

काठमाडौं । सभामुख देवराज घिमिरेले सोनाम ल्होसार आपसी एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न प्रेरणाप्रद बनोस् भन्ने कामना गरेका छन् ।

सोनाम ल्होसारका अवसरमा आज जारी शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् ।

‘नेपाल बहुसांस्कृतिक राष्ट्र हो, जहाँ हरेक जातजातिका चाडपर्वले नेपाली समाजलाई समृद्ध बनाएका छन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘ल्होसारजस्ता पर्वहरूले विविध नेपाली समुदायहरूबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको छ ।’

प्रतिक्रिया