यातायात कार्यालयद्वारा छ महिनामा २९ करोड एक लाख राजस्व संकलन

बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा २९ करोड एक लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड एक लाख ७५ हजार ६५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट १७ करोड ३८ लाख २१ हजार १४९ रूपैयाँ, सवारी करबाट चार करोड ५३ लाख ६८ हजार ३३१ रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट चार करोड ५६ लाख ७० हजार ८११ रूपैयाँ, सङ्घीयता तर्फ एक करोड ८१ लाख २५ हजार १८० रूपैयाँ तथा बेरुजुबाट आठ हजार २५० रूपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै चालु आव को सो अबधीमा मोटरसाईकल एक हजार २८० वटा, साना सवारी ५१३ वटा, टेम्पो/ई-रिक्सा ३३७ वटा, ठूला तथा मझौला सवारी ३२१ वटा र ट्याक्टर पाँच गरी दुई हजार ४५८ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अबधीमा नयाँ दुई हजार १६३ र वर्ग थप एक हजार ४४८ गरी तीन हजार ६११ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस्तै सो अबधीमा दुई हजार ९८४ नविकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नविकरण र प्रतिलिपी दिइएको जनाएको छ । याे कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शिर्षकमा ५६ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार ३९९ वटा सवारी साधन दत्र्ता गरेको थियो ।
प्रतिक्रिया