संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने
नेपालखोज
२०८१ माघ १८ गते ६:२८

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु हुँदै छ । दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।
आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् । केही साताअघि जारी गरिएका ६ अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता गर्ने सरकारको तयारी छ ।
प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् ।
सम्बन्धित

प्रतिक्रिया