लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । अछामको मंगलसेन नगरपालिका-३ स्थित बस्पार्कबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८० मिलिग्रामसहित कैलाली जानकी गाउँपालिका-१ बस्ने २२ वर्षीय रोहित बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय सचिन सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४४० मिलिग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय समिर चौधरी र २१ वर्षीय आकाश तिमिल्सिना रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-३ पक्की कुवा नजिकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका वडारा बस्ने ३४ वर्षीय सुरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-५ जयनगर बस्ने २१ वर्षीय दुर्गा ऋषिदेवलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया