गोरखामा रुख काट्दा करेन्ट लागेर वृद्धकाे मृत्यु

नेपालखोज २०८१ माघ १८ गते १२:४०

गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका-४ मा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । गैरा गाउँ बस्ने ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार बेलुकी मृत्यु भएको हो ।

सोही गाउँपालिका-४ आहाले पानीस्थित बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया