एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु : अध्यक्ष दाहाल

नेपालखोज २०८१ माघ १९ गते १८:४४

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

आज यहाँ आयोजित संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको सातौँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनेसमेत बताए ।

अध्यक्ष दाहालले सङ्घले राखेका माग कार्यान्वनका लागि सडक र सदन दवै ठाउँबाट सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिए । ‘एम्बुलेन्स चालकहरूका समस्या समाधानका लागि म मेरो तर्फबाट प्रतिबद्ध छु । यसमा सरकारको ध्यान केन्द्रित गर्न मेरो भूमिका हुनेछ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको उल्लेख गर्दै अब हरेक क्षेत्रमा देखिएको बिचौलियाको प्रभाव रोक्न सबै वर्ग एकताबद्ध हुन आवश्यक रहेको धारणा राखे । उनले पार्टी मातहतका जनवर्गीय सङ्गठनहरुलाई बलियो बनाउने नीतिअनुसार पार्टीलाई चलायमान बनाइएको बताए ।

प्रतिक्रिया