महिला टी-२० शृंखला : नेदरल्याण्ड्सले दियाे नेपाललाई १४१ रनको लक्ष्य

नेपालखोज २०८१ माघ २० गते १४:०२

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएकाे छ ।

आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन् । त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच-विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो ।

प्रतिक्रिया