राजनीतिक अस्थिरताका कारण विकास निर्माणमा ढिलाई भयाे : मन्त्री गुरुङ

काठमाडाैं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण विकास निर्माणमा ढिलाई हुन गएको बताएका छन् । बुधबार भक्तपुरमा रफत सञ्चार क्लबको १५औँ वाषिकोत्सवका आयोजित कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक अस्थिरताको कारणले तोकिएको समयमा आयोजना निर्माणको काम सम्पन्न गर्न बर्षौ लाग्ने देखिएको बताएका हुन् ।
आयोजना निर्माणमा भएको ढिलाईका कारण वर्तमान सरकार गठनको ६ महिनासम्म पनि देखिने गरि एउटा पनि काम हुन नसकेको उहाले बताए । उनले आफुले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई दोष दिने कुरा उचित नभएको जिकिर गरे ।
मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारे । कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरुद्ध लक्षित नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया