सन नेपाल लाइफद्वारा समता फाउण्डेसन लाई सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता फाउण्डेसन लाई सहयोग गरेको छ । कम्पनीका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई ५ लाख आर्थिक सहायता प्रदान गरिएको हो ।
यो सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बिच कम्पनिका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरेका हुन । सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको यस योगदानले विद्यार्थीको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनिले गरेको छ ।
कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया