सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८१ माघ २४ गते ११:२२

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि सामान्य बढेको छ । चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया