शुक्रबार, चैत ७, २०८१

नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित

नेपालखोज २०८१ माघ २५ गते १५:२०

काठमाडाैं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएकाे छ ।

Advertisement

नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । त्यस्तै पुजा महतोले १ विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायाे ।

प्रतिक्रिया