बितेका २४ घन्टा

नेपालखोज २०८१ माघ २७ गते ७:२९

– सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सुक्खायाम लागेसँगै आगलागीका घटना बढिरहेकाले सचेत रहन अनुरोध ।
– विश्वका सातवटै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेबाट दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण ।


– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड भएको भन्दै खेलकुदसँग सम्बद्ध ३० संघ–संगठनबाट आपत्ति ।
– अध्यादेशमा सहयोग खोज्दै शंकर पोखरेलले आफूलाई फोन गरेको वर्षमानको दाबी ।
– सङ्घीयता खारेजीको माग गर्दै चितवनमा जनमोर्चाको मोटरसाइकल र्‍याली ।
– नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन ।
– नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १५ जना घाइतेको उद्धार ।
– अध्यागमनले अनुसन्धान थालेपछि १७ अमेरिकी कारबाहीअगावै स्वदेश फर्किए ।
– कानुनविपरीत वित्तीय कारोबार गर्ने विराटनगरका एक जना ज्वेलर्स ९सुनचाँदी पसल०का सञ्चालक पक्राउ ।
– १२ औँ उल्लु तथा हुचिल उत्सव सम्पन्न ।
– बडघर र भलमन्सा ऐन बनाउन सुदूरपश्चिमले थाल्यो तयारी ।
– ६ बुँदे सहमति कार्यान्वनय र मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न मुक्कुम्लुङ संघर्ष समितिको माग ।
– लुम्बिनी प्रदेशसभा बैठकमा फागुन ५ मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने ।
– प्रदेश र पालिकामा पनि समानान्तर संयन्त्र बनाउँदै कांग्रेस(एमाले ।
– नेसपा (नयाँ शक्ति) को महाधिवेशन आइतबारदेखि , पुराना पार्टीहरूलाई बोलाईएन ।
– कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को व्यवस्थित विकास र प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ को मस्यौदा तयार ।
– चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरुको बजेट खर्च १६ प्रतिशत मात्र ।
– काठमाडौं महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्न छ वटा क्षेत्र निर्धारण ।
– बेनीको कुमारी सहकारी हिनामिना प्रकरणमा प्रहरीद्वारा अनुसन्धान सुरू ।
– भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित ।
– मूलकोटस्थित क्वालिटी बिच रिसोर्ट साढे चार महिनापछि सञ्चालनमा आयो ।
– इमेज सहकारीका एक लाखमुनिका बचतकर्ताको रकम फिर्ता सुरु ।
– पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी ।
– पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ ।
– कैलालीमा अवैध काठसहित ३ जना पक्राउ ।
– नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक कर्मचारी जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ ।
– बालबालिका अपहरणमा संलग्न भियतनामी नागरिक कलंकीबाट पक्राउ ।
– दाजुले खेलाईरहेको भरूवा बन्दुकको गोली लागेर दाङको तुलसीपुरमा एक बालकको मृत्यु ।
– दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु ।
– बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ किलोग्राम गाँजा बरामद

– ‘रुकुम मैकोट’ र ‘अरेली काँडैले’ले युट्युबमा पायो १० करोड भ्यूज ।
– खेम सेन्चुरीले साइन् गरे ‘ए मेरो हजुर ५’ ।
– ‘जनै हराएको बाहुन’ चलचित्रमा गौरव पहारी र रियर राई अनुबन्धित ।
– अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबलको १५ औ संस्करण चैत ३ गतेदेखि ।
– प्रधान सेनापति खुला म्याराथन फागुन १० मा ।
– आहारारा पोखरा गोल्डकपमा लगातार २ खेल जित्दै नेपाल पुलिस सेमिफाइनलमा ।

स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु

लाटोकोसेरोको रोबोट

धनुषाको मिथिला बिहारी नगरपालिकामा सम्पन्न नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको १२औँ संस्करणमा प्रदर्शन गर्न राखिएको एक फिट अग्लो लाटोकोसेरोको रोबोट ।
तस्बिर : अजयकुमार साह र रासस

प्रतिक्रिया