शुक्रबार, चैत ७, २०८१

मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

नेपालखोज २०८१ माघ २७ गते ९:३९

मुग्लिन (चितवन) । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो ।

दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।

प्रतिक्रिया