‘USAID को कार्यक्रम बन्द भयाे भनि रास्वपाका २/४ जना सासंदको सचिवालय खर्च बन्द हुन्छ’
नेपालखोज
२०८१ माघ २७ गते १३:३०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले USAID को कार्यक्रम बन्द भएपछी रास्वपाका २/४ जना बहुचर्चित सासंदको सचिवालय खर्च बन्द हुने बताएका छन् ।
ढकालले टुइटरमा लेख्दै USAID को कार्यक्रम बन्द भएपछी हजारौँ बेरोजगार बजारमा थपिने समेत बताएका हुन ।
‘USAID को कार्यक्रम बन्द भएपछी नेपालमा थुप्रै एनजीओ/आइएनजीओका कार्यक्रम बन्द हुने रहेछ । मिसिनरीसहरूको कार्यक्रम पनि बन्द हुने रहेछ । कैयन सासंदका रोटी पनि बन्द हुने रहेछन्,’ढकालले टुइटरमा लेख्दै छन्, ‘रास्वपाका पनि २/४ जना बहुचर्चित सासंदहरूको सचिवालय खर्च बन्द हुने रहेछ । हजारौँ बेरोजगार बजारमा थपिने रहेछन् । यसले नि ठूलै प्रभाव पार्ने रहेछ । कसैले अनुसन्धान गरि लेखे हुने । ए साँच्चि, लेख्न दान दिने दाता नि बन्द हुने रहेछ ।’
सम्बन्धित
प्रतिक्रिया