भारतमा विभिन्न घटनामा ११ जनाको मृत्यु

नयाँ दिल्ली । भारतका दुई फरक स्थानमा भएका छुट्टाछुट्टै घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय प्रहरीले आइतबार जानकारी दिएको छ ।
मध्य राज्य छत्तीसगढका एक प्रहरी अधिकारीका अनुसार विगत केही दिनमा सात जनाको मृत्यु भएको छ । यी मृत्युहरू राज्यको बिलासपुर जिल्लाको एउटा गाउँबाट रिपोर्ट गरिएको थियो । मृतक सबै ३५ देखि ६० वर्षका उमेरका थिए ।
केही स्थानीयले केही दिनअघि सामुदायिक भोज खाँदा पेटमा सङ्क्रमण भएको विश्वास गरेका थिए भने कतिपयले नक्कली मदिरा सेवन गरेका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय अधिकारीहरूले मृत्युको कारण अनुसन्धान गरिरहेका थिए । अर्को घटनामा, भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बालुवाले भरिएको ट्रक पल्टिँदा चार जनाको मृत्यु भएको छ । घटना राज्यको बनासकांठा जिल्लाको थाराद राष्ट्रिय राजमार्गमा भएको हो । मृत्यु हुनेमा एक बालक र सडक निर्माण गर्ने तीन जना मजदुर रहेका छन् ।
प्रतिक्रिया