झण्डै सात अंकले बढ्दा सात अर्ब २४ करोडको कारोबार

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दुई दिन लगातार घटेको नेप्से आज मंगलबार ६.५४ अंकले बढेर २ हजार ६८३.८६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स भने आज ०.५० अंकले घटेर ४५०.१५ अंकमा पुगेको छ ।
२९९ वटा कम्पनीको ७२ हजार ९४ पटकको कारोबारमा एक करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम सात अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ कायम भएको छ ।
आज १३ वटा समूहको शेयर कारोबार हुँदा पाँच वटा समूहको सूचक बढेका छन् भने बाँकी समूहको सूचक घटेका छन् । याे मध्ये आज वाणिज्य बैंक समूहको सूचक २.७९ अंंकले घटेर १ हजार ३४९.११ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ११.५४ अंकले घटेर १२ हजार ९७६.१० अंकमा पुगेको छ ।
निर्जीवन बिमा, फाइनान्स, होटेल तथा पर्यटन, लघुवित्त, अन्य र व्यापार समूहको सूचक उच्च अंकले घटेका छन् । बिकास बैंक समूहको सूचक भने १३४. ०८ अंकले बढेर पाँच हजार ७६९.९३ अंकमा पुगेकोमा जलबिद्युत, लगानी, उत्पादनमुलक र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज सिक्लेस हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा भुगोल इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज सिईडिबी होल्डिङ लिमिटेड परेको छ ।
प्रतिक्रिया